If I Must Die...

यदि म मर्ने पर्छ भने

Translated to Nepali by

यदि म मर्ने पर्छ भने,

तिमी बाँच्नु पर्छ

मेरो कथा भन्न

मेरा सामान बेच्न

एउटा कपडाको टुक्रो किन्न

र केही तार

(बनाउन यसलाई सेतो, लामो पुच्छरसहितको)

ताकि एउटा बच्चाले, गाजामा कतै

जब क्षितिजसँग आँखा जुधाउँदै

पर्खदै आफ्नो बुवा, गएको थियो जो अकस्मात् -

कसैसँग बिदा नमागी

न आफ्नै शरीरसँग

न त आफैंसँग -

देख्नेछ त्यो चङ्गा, तिमीले बनाएको मेरो चङ्गा, उड्दैगरेको

र एकैछिन सोच्नेछ त्यहाँ एउटा दूत छ

माया फिर्ता ल्याउँदै गरेको

यदि म मर्ने पर्छ भने

यसले एउटा आशा ल्याओस्

यो बनोस् एउटा कथा


Select poem translation

A poem by Refaat Alareer.