यदि म मर्ने पर्छ भने
Translated to Nepali by @timothyaryalयदि म मर्ने पर्छ भने,
तिमी बाँच्नु पर्छ
मेरो कथा भन्न
मेरा सामान बेच्न
एउटा कपडाको टुक्रो किन्न
र केही तार
(बनाउन यसलाई सेतो, लामो पुच्छरसहितको)
ताकि एउटा बच्चाले, गाजामा कतै
जब क्षितिजसँग आँखा जुधाउँदै
पर्खदै आफ्नो बुवा, गएको थियो जो अकस्मात् -
कसैसँग बिदा नमागी
न आफ्नै शरीरसँग
न त आफैंसँग -
देख्नेछ त्यो चङ्गा, तिमीले बनाएको मेरो चङ्गा, उड्दैगरेको
र एकैछिन सोच्नेछ त्यहाँ एउटा दूत छ
माया फिर्ता ल्याउँदै गरेको
यदि म मर्ने पर्छ भने
यसले एउटा आशा ल्याओस्
यो बनोस् एउटा कथा